चिबा, जापान । प्रवासी नेपाली सम्पर्क विभाग, कान्तो क्षेत्रीय समिति जापानअन्तर्गत रहेको चिबा उपशाखा समितिको अधिवेशन आगामी सेप्टेम्बर ३० गते बुधबार आयोजना हुने भएको छ।
समीर जंग खड़काका अनुसार अधिवेशन दिउँसो २ बजेदेखि चिबाको याचियोस्थित ASIORA RESTAURENT मा हुनेछ। चिबा क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायलाई संगठित गर्दै आपसी सहकार्य, समन्वय र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको जनाइएको छ।
अधिवेशनमा चिबा क्षेत्रमा रहेका नेपाली समुदायका विभिन्न प्रतिनिधि, सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत संस्थाको आगामी कार्यदिशा, समुदायसँग सम्बन्धित विषय तथा संगठनात्मक गतिविधिबारे छलफल हुने बताइएको छ।
About
contact
Date Converter

