+
Side Bar Header Desktop Recovered

एनआरएनए जापानको केन्द्रिय सदस्य पदका लागि मिलन नाम्बु (महर्जन)को उमेदवारी घोषणा

Kyoto Khabar
Posted on 10 months ago

क्योतो, जापान
जापानको क्योतोमा व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका मिलन नाम्बु (महर्जन)ले गैरआवासीय नेपाली संघ (NRNA) जापानको केन्द्रिय सदस्य पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

धर्मस्थली ३, काठमाडौँमा जन्मिएका महर्जन सन् 2010 जुन 1 मा जापान आएका थिए र अहिले १४ वर्षदेखि यहाँ बसोबास गर्दै आएका छन्। सन् 1982 फेब्रुअरी 23 मा जन्मिएका उनी हाल क्योतोमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्।

पहिले २०२३–२०२५ कार्यकालका लागि NRNA जापानको युवा सशक्तिकरण तथा खेलकुद मामिला विभागमा सदस्यको रूपमा सक्रिय भूमिका निर्वाह गरेका महर्जन अब संस्थाको केन्द्रीय तहमा योगदान दिन तत्पर छन् । अनुभव, समर्पण र युवाहरूप्रतिको अभिरुचिको जगमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने  उनले बताए ।

उमेदवारी घोषणा गर्दै महर्जनले भने,

“जापानमा रहेका सम्पूर्ण नेपाली समुदायको आवाज उठाउने, युवा पुस्तालाई प्रेरणा दिने र संस्थागत विकासमा टेवा पुर्‍याउने मेरो उद्देश्य हो। समृद्ध, एकताबद्ध र सकृय एनआरएनए बनाउन म कटिबद्ध छु।”

उनको उम्मेदवारीलाई लिएर क्योतो र  जापानभरि रहेका नेपाली समुदायबाट उत्साहजनक समर्थन तथा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। मिलन नाम्बु (महर्जन)को नेतृत्वदायी सोच, सामाजिक सक्रियता र व्यवसायिक अनुभवले एनआरएनए जापानलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Bio