+
Side Bar Header Desktop Recovered

फुकुओकामा मदिरा सेवन गरी साईकल  चलाएको आरोपमा नेपाली विद्यार्थी पक्राउ

Kyoto Khabar
Posted on 1 year ago

फुकुओका, जापान – फुकुओका शहरको हाकाता वार्डमा रहेको सडकमा मदिरा सेवन गरी साइकल चलाएको आरोपमा एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका युवकले आरोप अस्वीकार गरेका छन्।

घटना अप्रिल ६ तारिख दिउँसो ४ बजे तिरको हो। फुकुओका शहरको हाकाता वार्ड अन्तर्गतको योषिदुका क्षेत्रमा प्रहरीले एकजना युवकलाई असन्तुलित रूपमा साइकल चलाइरहेको अवस्थामा देखेका थिए। प्रहरीले जाँच गर्दा ती युवकको सासबाट कानूनी सीमा भन्दा करिब ३ गुणा बढी अल्कोहलको मात्रा पत्ता लागेको बताइएको छ।

पक्राउ पर्ने व्यक्ति फुकुओका शहरको हिगाशी वार्ड, हाकोमात्सुमा बसोबास गर्ने २६ वर्षीय रमेश पनेल रामु हुन , जो आफुलाई एनीमेशनसम्बन्धी विशेषज्ञता अध्ययन गरिरहेको विद्यार्थीको रूपमा परिचय दिएका छन्।

प्रहरी अनुसन्धानका क्रममा उनले भने, “मैले त अघिल्लो दिन साँझ ८ बजेसम्म मात्र रक्सी पिएको थिएँ, अहिले शरीरमा रक्सी बाँकी छैन”, भन्दै आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन्।

जापानमा गत वर्ष नोभेम्बरदेखि साइकल सवारीसम्बन्धी कानूनी कठोरता बढाइएको छ। नयाँ कानुनअनुसार, मदिरा सेवन गरी साइकल चलाएमा ३ वर्षसम्मको जेल सजाय वा ५० लाख येनसम्म जरिवाना हुने प्रावधान छ।

प्रतिक्रिया

Bio