जापानको ओसाकाबाट Aura Homes सञ्चालनमा आउने भएको छ। कम्पनीले जापानमा बसोबास गर्ने विदेशी समुदायलाई झन्झटरहित, भरपर्दो र उपयुक्त आवास सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा सुरु गर्न लागेको जनाएको छ।
संस्थापक बिकाश अधिकारीले पाँच वर्षभन्दा बढीको जापानी रियल इस्टेट क्षेत्रमा हासिल गरेको अनुभवलाई नयाँ स्वरूप दिँदै Aura Homes स्थापना गरिएको बताएका छन्। कम्पनीले आगामी दिनमा जापानभर आफ्नो सेवा विस्तार गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ।
About
contact
Date Converter

