जापानमा क्रियाशील सामाजिक अभियान “सामाजिक रूपान्तरणमा युवा अभियान” अन्तर्गत रहेको हाम्रो दृष्टि राम्रो दृष्टि जापान को आयोजनामा तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन हुने भएको छ।
अधिवेशनमा संस्थाको हालसम्मको गतिविधि प्रतिवेदन प्रस्तुत गरिँने छ भने भावी कार्ययोजना, संगठनात्मक सुदृढीकरण तथा जापानमा रहेका नेपाली समुदायको सामाजिक हितका विषयमा छलफल हुँदै छ। सामाजिक रूपान्तरणमा युवाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना हुँदै छ।
यस सम्बन्धमा संस्थाका सचिव रबिन देबकोटाले, “जापानमा रहेका नेपाली युवाहरूलाई संगठित गर्दै सामाजिक रूपान्तरणमा सक्रिय भूमिका खेलाउने हाम्रो उद्देश्य हो। यस अधिवेशनले संगठनलाई थप बलियो बनाउने विश्वास लिएका छौं,” देबकोटाले बताए।
कार्यक्रममा जापानका विभिन्न क्षेत्रबाट नेपाली समुदायका अभियन्ता, समाजसेवी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेका छन। आयोजक संस्थाले सम्पूर्ण सदस्य तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आग्रह समेत गरेका छन ।
कार्यक्रम २०२६ मार्च ३ गते बिहान ११:०० बजे देखि ओसाका सिटी, नानिवा–कुस्थित नानिवा कुमिन सेन्टर मा हुँदै छ। उक्त स्थल साकुरागावा स्टेशनको गेट नं. ७ बाट पैदल करिब ५ मिनेटको दूरीमा रहेको छ।
About
contact
Date Converter

