+
Side Bar Header Desktop Recovered

सिन्जुकुमा नेपाली विद्यार्थीको पैसा चोरी गर्ने जापानी महिला पक्राउ

Kyoto Khabar
Last updated on October 7th, 2025,

 

टोकियोको सिन्जुकुमा एक २१ वर्षीया जापानी महिला पक्राउ परेकी छिन्। प्रहरीले जनाएको अनुसार उनले होटलमा भेटेका २२ वर्षीय नेपाली विद्यार्थीको पर्सबाट ¥३६,००० चोरी गरेकी थिइन्। अदालतमा उनले आफू यौन व्यवसायमा संलग्न रहेको र पीडित विद्यार्थी उनको ग्राहक भएको स्वीकार गरेकी छिन्। विद्यार्थी नुहाउन गएको मौका छोपेर उनले पैसा लिएर फरार भएको प्रहरीले जनाएको छ।

जापानी सञ्चारमाध्यमका अनुसार सो महिलाले विगत दुई वर्षमा करिब ¥११० मिलियन यौन व्यवसायबाट कमाएकी छिन्। यसबाहेक अन्य आठवटा उजुरीसमेत दर्ता भएकाले प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Bio