+
Side Bar Header Desktop Recovered

बाग्लुङ र बिहुँकोट समाज जापान क्युस्युको तीज कार्यक्रम रद्द, बाढी पहिरो पीडितको लागि राहत सङ्कलन संकलित रकम प्रधानमन्त्री कोषमा

Kyoto Khabar
Posted on 2 months ago

बाग्लुङ-बिहुँकोट समाजको तीज कार्यक्रम बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा हुने भनिएको तीज विशेष कार्यक्रम-२०२६ नेपालमा गएको विनाशकारी बाढीपहिरोका कारण रद्द गरिएको छ।

कार्यक्रम रद्द गरिएको जानकारी बाग्लुङ समाज क्युसु क्षेत्रीय समितिका कोषाध्यक्ष तथा यस कार्यक्रमका आर्थिक संयोजक दीपक पौडेल (मुक्ति)ले दिएका छन्।

नेपालमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र देशमा यस्तो दुःखद परिस्थिति सिर्जना भएको अवस्थामा परदेशमा बसेर उत्सव मनाउन उचित नहुने भन्दै कार्यक्रम रद्द गरिएको पौडेलले बताए।

कार्यक्रमका लागि संकलन भएको रकम तथा कार्यक्रम रद्द गर्दा बचत हुने सम्भावित रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सहयोग गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

“आफ्नो देशमा यस्तो विपत्ति परेको बेला हामी परदेशमा बसेर रमाउन सक्ने अवस्थामा छैनौँ। कतै घरबारविहीन हुनुभएको छ, कतै परिवार प्रभावित भएको छ भने कतै आफन्त तथा प्रियजन गुमाउनुपरेको अवस्था छ। त्यसैले कार्यक्रम रद्द गरी सकेको सहयोग पीडितसम्म पुर्‍याउने निर्णय गरेका हौँ,” पौडेलले भने।

उनका अनुसार रकम ठूलो वा सानोभन्दा पनि विपत्तिको समयमा पीडित नेपालीप्रति ऐक्यबद्धता जनाउनु र आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु महत्वपूर्ण रहेको छ।

प्रतिक्रिया

Bio