क्योतो ,सेप्टेम्बर २१ ,ओसाकामा सम्पन्न मैत्रीपूर्ण T20 क्रिकेटमा Nara Kings ले Kyoto Rhinos लाई पराजित गरेका छन्। खेलमा दुबै टोलीले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरे पनि अन्तिम क्षणसम्म मजबुत बनेको नारा किङ्ग विजयी बनेको हो।
मैत्रीपूर्ण खेल Khansai Cricket Committee को आयोजनामा गरिएको हो। समितिका संयोजक सुजन कार्कीका अनुसार, खेलको उद्देश्य कन्साई क्षेत्रमा रहेका नेपाली युवाहरुलाई खेलमार्फत एकताबद्ध बनाउनु हो। उनले खेलकुद गतिविधिले समुदायमा आपसी मित्रता र सहयोगको भावना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।
खेल हेर्न नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। दर्शकले दुवै टोलीलाई उत्साहजनक समर्थन दिएका थिए भने खेलमैदानमा देखिएको जोश र मित्रता कन्साई क्षेत्रको नेपाली समाजमा सकारात्मक ऊर्जा थपिएको छ।
About
contact
Date Converter

