हामी को हौँ ?
बा!
किन बोकेर ल्याएको चामल
अलग्गै राख्नु भो ?
आमा!
किन पछ्येउरीमा अलग्ग रोटी थाप्नु भएको?
किन अलग्ग -अलग्ग , पर-पर , छोई छोई मात्र
भन्छन् बा ?
हामीले छोएपछि खोलाले आफ्नो
गति फेर्छ ?
मैले छोएपछि झरना ले आफ्नो लय बिर्सन्छ?
कि मैले छोएपछि उड्दै गरेका चराहरू ले आफ्नो गुँड बिर्सन्छन् ?
कि मैले बिउ छोएर रुख, रुख हुन पाउदैन?
मैले छोएपछि बगीरहेको खोला उल्टो बग्छ ?
कि त मैले छोएपछि अन्न पनि माटो हुन्छ
मैले छोएपछि रगत कालो हुन्छ हो ?
बा हामी हिडेको बाटो किन थुकेर मात्र हिड्छन मथ्ला घरे पण्डित बाजे ?
बा हामी को हौँ ?
बा हजुरले छोएपछि
आँसीमा धार लाग्छ
हजुरले छोएपछि
मन्दिरमा गजुर लाग्छ
हजुरले छोएपछि मलाई केही हुदैन
किन मैले छोए पछि मास्टर कि छोरीलाई
सुनपानी हाल्छन् ?
बा म को हुँ ?
बा किन मेरो विद्यालयमा
सरलाई मैले कहिलै प्युने पानी दिन सक्दिन ?
बा किन सर सधै मलाई
अलग -अलग, पर-पर भन्नु हुन्छ ?
बा मैले पढेको किताब मा लेखेको छ ,
फोहोर चिज छुनु हुदैन ।
बा हामी को हौँ ?
बा हजुरले बोकेर अस्पताल पुर्याएपछि
पण्डित बा को ज्यान बच्यो ,
आमाले रगत दिएपछि
मास्टरको श्रिमतीको सिन्दुर बच्यो ,
बा मैले पढेको किताब मा लेखेको छ ,
फोहोर चिज छुनु हुदैन ।
बा हामी को हौँ ?
बुझ्ने भएपछि छोरीले आफै भन्ने छिन्
हामी को हौँ ?
दबिएर बसेको
चिज घर्षणपछि मात्र आवाज दिन्छन्
ए मान्छे !
मैले हावामा शास फेरेको छु
कृपया तैले अर्को जन्ममा शास नफेरी
बाँच्न सिकेस् ।
About
contact
Date Converter

