ओसाका, जापान ।
ओसाकामा अवस्थित स्काई कम्पनीले यस वर्ष पनि नेपालीहरूको महान पर्व तीजको अवसरमा भव्य दर खाने तथाशुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। जापानी तथा नेपाली कर्मचारीको सहभागितामा आयोजित उक्तकार्यक्रममा १६० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सन् २०१५ मा कम्पनिको स्थापना भए देखि नै हरेक वर्ष दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दैआएको छ। यो परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कर्मचारीबीच आपसी सद्भाव, सहयोग र संस्कृतिको आदानप्रदान गर्नेउद्देश्यसहित दरखाने कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम कम्पनिका प्रबन्ध निर्देशक अग्नि त्रिपाठीको शुभकामनामन्तब्यबाट सुरुगरिएको थियो ।
कार्यक्रममा नेपाली परम्परागत भोजन, नृत्य, गीत–संगीतसहितको मनोरञ्जनात्मक प्रस्तुति राखिएको थियो। जापानीकर्मचारीहरू समेत नेपाली संस्कृतिको रंगमा रमेलि सहभागी भएका दृश्यहरूले कार्यक्रमलाई अझ विशेष बनाएकोसहभागीहरूले बताएका छन्। दिनभरीको थकानलाइ पनि खुसीमा परिबर्तन गर्न पाएकोमा खुसि भएका छौ भन्दै सहभागीलेनेपाली तिज गीत दोहोरि ब्याटलमार्फत कम्पनि व्यवस्थापनलाइ धन्यबाद ब्यक्त गरेको पलमा झन् मनमोहक देखिन्थ्यो ।
दर खाने कार्यक्रममा सहभागी नेपालीहरूले विदेशमा बसे पनि आफ्नै संस्कृतिलाई जोगाउन र साझा खुशी मनाउन यस्तोकार्यक्रमले ठूलो भूमिका खेलेको अनुभव सुनाए। कम्पनी व्यवस्थापनले पनि यस किसिमका सांस्कृतिक क्रियाकलापहरूलेकर्मचारीबीच आत्मीयता र कार्यक्षमता दुवै बढ्ने विश्वास व्यक्त गरेको छ।
About
contact
Date Converter

