+
Side Bar Header Desktop Recovered

तीजको उल्लास ओसाका शहरमा – अगस्ट २१ मा भव्य कार्यक्रम हुदै

Kyoto Khabar
Posted on 12 months ago

नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा ओसाकामा तीज धमाका २०२५ भव्य रुपमा हुने भएको छ। अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च र जिग्री दोहोरी साँझको संयुक्त आयोजनामा, BJN International को सहयोगमा अगस्ट २१ तारिख ओसाका बेन्तेन्चोस्थित हलमा कार्यक्रम हुँदैछ।

नेपालबाट चर्चित कलाकार पशुपति शर्मा, पुर्णकला बी.सी., मोडल नारायणी खत्री सहित जापानमा रहेका कलाकार कुलवीर थापा र काजल गुरुङ्गले प्रस्तुति दिनेछन्। प्रवेश शुल्क २,००० येन तोकिएको सो कार्यक्रमबाट संकलित रकम असहाय तथा अशक्तका लागि सहयोग गरिने आयोजकले जनाएका छन्।

कान्साईबासी नेपालीलाई तीजको उल्लाससहित भेला गराउने यो कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

Bio