“हाम्रो दृष्टि, राम्रो दृष्टि जापान” को तेस्रो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट विवेक कंडेल अध्यक्षमा चयन भएका छन्। अधिवेशनमा संस्थाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने विगत कार्यकालको समीक्षा तथा आगामी योजनाबारे विस्तृत छलफल गरिएको थियो।
नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हिरालाल कंडेल, उपाध्यक्षद्वयमा रविन देवकोटा र विशाल कंडेल चयन भएका छन्। सचिवमा विनिशा सापकोटा, कोषाध्यक्षमा सुमन सापकोटा, सह–सचिवमा सिर्जन सापकोटा र सम्झना कंडेल तथा सह–कोषाध्यक्षमा सन्तोष कंडेल चयन भएका छन्। सदस्यहरूमा भावना सापकोटा, चेतना सापकोटा, ओम प्रकाश शर्मा, अनिल गैरे, दिपक कंडेल, संगम सापकोटा, सन्देश पोख्रेल र दिपक रायमाझी रहेका छन्।
नयाँ कार्यसमितिले “हाम्रो दृष्टि, राम्रो दृष्टि” भन्ने मूल नारालाई आत्मसात गर्दै एकता, पारदर्शिता र सक्रियताका साथ जापानमा रहेका नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ। सहभागीहरूले सम्पूर्ण निर्वाचित टोलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
About
contact
Date Converter

