+
Side Bar Header Desktop Recovered

“एक सपना, अनेक जीवन: ओकायामाका प्रेमप्रसाद आचार्य”

Kyoto Khabar
Posted on 12 months ago

सम्भावनाको खोजीमा भूतपूर्व यात्रामा निस्किएका थुप्रै सपनाहरू मध्येको एक नाम हो प्रेमप्रसाद आचार्य। सन् २००६ सालतिर, दक्ष कुकको रूपमा भिजा लिएर जापानको भूमिमा पाइला टेकेका यी सरल, तर आत्मविश्वासी व्यक्तित्व, समयसँगै संघर्ष र समर्पणको मूर्तिमान उदाहरण बन्न पुगे।

भारतमा सिकेको पकाउने कलाले उनलाई जापानको व्यावसायिक भान्सासम्म डोर्यायो। तीन वर्ष नपुग्दै उनले आफ्नै पहिलो रेस्टुरेन्टको ढोका खोले। त्यो ढोका मात्र व्यापारको नभई, मेहनत र सपनाको संसारतर्फ खुल्ने प्रवेशद्वार थियो।

आज, प्रेमप्रसाद आचार्य जापानभर ९ वटा होटलका संचालक छन्। तीमध्ये ५ होटलहरूलाई आफ्नै निगरानीमा सञ्चालन गरिरहेका छन् भने ४ वटा फ्रेन्चाइज रूपमा साझेदारीमा सञ्चालनमा छन्। व्यापारिक प्रगतिको यो शिखरमा उक्लिँदा पनि उनले आफ्नो जन्मभूमि नेपाललाई बिर्सिएका छैनन्। नेपालमै पनि उनले होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्दै देशको समृद्धिको सपना बोकेका छन्।

तर प्रेमप्रसाद आचार्यको विशेषता उनको व्यापार मात्र होइन उहाँको मानवता हो। ओकायामाको नेपाली समाजमा उनी एक मार्गदर्शक, एक अभिभावक, र एक समर्पित सामाजिक अगुवाको रूपमा परिचित छन्। अहिले उनी ओकायामा नेपाली समाजका अध्यक्ष छन् र समाजसेवाको प्रत्येक अवसरलाई आफ्नो धर्म सम्झेर अघि बढिरहेका छन्।

आज ओकायामा सहरमा बसोबास गर्ने धेरै नेपालीहरूको मनमा प्रेमप्रसाद आचार्य नयाँ जीवनको प्रेरणा, संघर्षको कथा, र सपना पुरा गर्ने दृढ इच्छाशक्तिको प्रतिक बनेका छन्।

उनको यात्राले सन्देश दिन्छ
“जहाँ सपना छ, त्यहाँ बाटो अवश्य हुन्छ। जहाँ मन सच्चा छ, त्यहाँ समाज बदल्ने शक्ति हुन्छ।”

प्रतिक्रिया

Bio