क्योटोस्थित एक होटलमा काम गर्दै आएका तीन नेपाली विद्यार्थीहरूलाई ग्राहकको कोठामा राख्ने पानी प्रयोग गरेको आरोपमा रोजगारबाट निष्कासन गरिएको छ। ती विद्यार्थीहरू यही अप्रिल २०२५ मा नेपालबाट जापान आएका थिए र अध्ययनसँगै पार्ट-टाइम रूपमा होटलको हाउसकिपिङ (बेड मेकिङ) क्षेत्रमा कार्यरत थिए।
होटल व्यवस्थापनका अनुसार, ती विद्यार्थीहरूले ग्राहकका लागि राखिने पानी कामको समयमा खोलेर प्रयोग गरेको आशंकामा अनुशासन उल्लङ्घन भएको ठहर गर्दै कामबाट हटाइएको हो। तर सम्बन्धित विद्यार्थीहरूका अनुसार, उनीहरूले ती पानी सामान्य स्टाफको लागि हो भन्ने बुझाइका आधारमा प्रयोग गरेका थिए।
About
contact
Date Converter

