गैर आवासीय नेपाली संघ (NRNA) जापान, कान्साई क्षेत्रीय समितिको १०औं कार्यकाल (२०२५–२०२७) का लागि अधिवेशन सम्पन्न भएको छ। निर्वाचन आयोगले प्रकाशित अन्तिम नामावली अनुसार भिम बहादुर घर्ती (अनुप) संयोजक पदमा सहमतिका आधारमा चयन भएका छन्। उपसंयोजकमा शंकर भुसाल, नारायण थापा (राम) र लक्ष्मण न्यौपाने चयन भएका छन्। त्यस्तै, सचिवमा लक्ष्मण गैरे निर्विरोध निर्वाचित भएका छन भने सहसचिवमा प्रकाश कंडेल र चूडामणि कंडेल, कोषाध्यक्षमा बल बहादुर कंडेल (मुकेश), सह–कोषाध्यक्षमा रोशन सापकोटा, युवा संयोजकमा टंक प्रसाद न्यौपाने (राजन) र महिला सदस्यमा सरिता मगर शेर्पा( जेनि) चयन भएका छन्।
सोही समितिमा सूचना तथा सञ्चार विभाग प्रमुखको जिम्मेवारी सुबिन न्यौपानेलाई दिइएको थियो। संस्थाको सूचना प्रवाह तथा सञ्चार समन्वयमा उहाँको सक्रियता र अनुभवको मूल्यांकन गर्दै सो जिम्मेवारी प्रदान गरिएको थियो। साथै, सदस्य पदमा सन्तोष लामिछाने, दिपेन्द्र सापकोटा, विशाल भुजेल, गिरिराज चौधरी, गुरुदेव कंडेल, भक्त बहादुर बी.के., सन्देश बुढाथोकी, दिनेश पौडेल, पुकार चौसिर, सुदीप लामिछाने, सूर्य प्रसाद अर्याल, र झरेन्द्र कुमार कुँवर, चयन भएका छन्
समावेशी प्रतिनिधित्व, अनुभव र युवा सहभागितामा आधारित उक्त कार्यसमितिले कान्साई क्षेत्रमा रहेका नेपाली समुदायको हकहित, सेवा र समन्वयका क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास गरिएको थियो। निर्वाचन आयोगले प्रक्रिया पारदर्शी, मर्यादित र सहमतिमा सम्पन्न गराएकोमा सबैलाई धन्यवाद प्रकट गरेको छ।
About
contact
Date Converter

