+
Side Bar Header Desktop Recovered

शंकर भुसालले गरे एनआरएनए कान्साई मा उप-संयोजक पदको उम्मेदवारी दिने घोषणा

Kyoto Khabar
Posted on 1 year ago

जापानको क्योतोमा बसोबास गर्दै आएका समाजसेवी शंकर भुसालले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत कान्साई क्षेत्रीय समितिको २०२५–२७ कार्यकालका लागि सह-संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पाल्पा जिल्लामा जन्मिएर हाल नवलपुरको मध्यबिन्दु नगरपालिकामा स्थायी ठेगाना भएका भुसाल सन् २०१३ मा अध्ययनका लागि जापान आएका थिए। ओकिनावामा १ वर्ष ६ महिना, कोबेमा ४ वर्ष र हिरोशिमामा २ वर्ष बसेर अध्ययन गरेपछि उनी सन् २०२१ मा क्योतो आए। हाल उनी क्योटोमै रही जापान सरकारबाट मान्यता प्राप्त ( 介護福祉士) Care worker भै नर्शिंग होम कम्पनिमा  कार्यरत छन्।

शंकर भुसाल २०१५ देखि २०२१ सम्म नेपाली विद्यार्थी समाज जापान (नेसाज) मा कान्साई प्रमुख, सह-सचिव र उपाध्यक्षका रूपमा सक्रिय रहँदै विद्यार्थीहरूको हकहितमा निरन्तर क्रियाशील रहे। त्यसपछि उनले २०२१–२३ कार्यकालमा एनआरएनए जापान कान्साई क्षेत्रीय समितिमा सदस्य र २०२३–२५ मा सह-सचिवको भूमिका निर्वाह गरे।

“२०१५ देखि आजसम्म जापानमा बसोबास गर्ने नेपाली विद्यार्थी तथा समुदायका सदस्यहरूको सुख–दुखमा साथ दिँदै आएको छु। अब सह-संयोजकको भूमिकाबाट अझ प्रभावकारी रूपमा काम गर्ने चाहना र प्रतिबद्धताका साथ उम्मेदवारी दिएको हुँ,” भुसालले बताएका छन्।

उनको उम्मेदवारीले कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायमा उत्साहको माहोल सिर्जना गरेको छ। विद्यार्थीदेखि पेशाकर्मीहरूसम्म संखर भुसालप्रति सकारात्मक समर्थन देखिएको छ।

प्रतिक्रिया

Bio