ओकुबो, भानु जयन्तीको अवसरमा अनेसास जापान च्याप्टरद्वारा ‘मुक्तक महोत्सव २०८१’ को आयोजना गरिने भएको छ। यही आउँदो २०२५ जुलाई २० आइतबार का दिन शिन ओकुबोस्थित सोरामारी मुरा हल मा कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन्।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरको नियमित साहित्य श्रृंखला अन्तर्गत ७५ औँ शृंखला प्रस्तुत गरिनेछ। यस विशेष अवसरमा मुक्तककार गृशमा पौड्यालको मुक्तकसङ्ग्रह ‘संघर्ष १०१’ को विमोचन समेत हुदैछ। कार्यक्रम बिहान १२:३० बजे सुरु हुनेछ। अनेसास जापान च्याप्टरद्वारा आयोजित यस कार्यक्रमको सह–आयोजकमा तनहुँ समाज जापान र नेपाल समाज जापान रहेका छन्।
जापानमा रहेका नेपाली साहित्यप्रेमीहरूमाझ नियमित रूपमा साहित्यिक वातावरण सृजना गर्न क्रियाशील अनेसास जापान च्याप्टरको यो कार्यक्रमले मुक्तक विधाको प्रवर्धनमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
About
contact
Date Converter

