+
Side Bar Header Desktop Recovered

क्योतोमा नेपाली फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन हुदै

Kyoto Khabar
Posted on 11 months ago

क्योटो, जापान —नेपाली समुदायलाई लक्षित गर्दै आगामी जुन २४ तारिख, क्योटो इन्टरनेशनल कम्युनिटी हाउस मा नेपाली फिल्म ‘ऊनको स्वेटर’ को विशेष प्रदर्शन आयोजना हुने भएको छ। नविन चौहान द्वारा निर्देशित यो चलचित्रले नेपाली समाज, प्रेम र परम्परागत लुगा–स्वेटरसँग जोडिएको भावनात्मक कथा प्रस्तुत गर्छ।

चलचित्र प्रदर्शन साँझ ५:३० बजे सुरु हुनेछ। कार्यक्रमको प्रवेश शुल्क २००० येन तोकिएको छ। यस कार्यक्रमको आयोजन lekali Chulo समूहले गरेको हो भने Smiles Mobile Remittance को प्रस्तुति रहेको छ। साथै, Kyoto Nepali Group (KNG), Gorkha Durbar Restaurant, Kyoto Youth Community, स्पाइस–नेपाल,curry & Bar Kathmandu, Kyoto United FC लगायत विभिन्न नेपाली संघ–संस्थाहरूको सहयोग रहेको छ।

कार्यक्रम नेपाली समुदायबीच आपसी मेलमिलाप बढाउने, नेपाली भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको लेकालि चुलोका संचालकले बताए ।

प्रतिक्रिया

Bio