ओसाका, जापान ओसाका शहरको व्यस्त क्षेत्रमा पर्ने उमेदामा जुवा खेलिरहेको अभियोगमा ६ जना नेपाली नागरिकलाई जापानी प्रहरीले पक्राउ गरेको छ। उनीहरू २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन्।
प्रहरीका अनुसार, गोप्य सूचनाको आधारमा उमेदास्थित एक अपार्टमेन्टमा छापा मार्दा तास खेल्दै गरेको अवस्थामा ६ जना नेपाली फेला परेका थिए। घटनास्थलबाट नगद रकम, तास, र जुवा खेल्न प्रयोग हुने अन्य सामग्री बरामद गरिएको छ।
पक्राउ परेका नेपालीहरूले साथीभाइको भेटघाटका क्रममा सामान्य रूपमा तास खेलेको दाबी गरे तापनि, जापानको कडा जुवा विरोधी कानुनअनुसार कुनै पनि प्रकारको धनराशि राखेर खेल खेल्नु अपराध मानिन्छ।
हाल उनीहरूलाई ओसाका मेट्रोपोलिटन प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान अघि बढाइरहेको छ। सोधपुछपछि उनीहरूविरुद्ध थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
About
contact
Date Converter

