+
Side Bar Header Desktop Recovered

प्रथम नेपाल फेस्टिवल कान्साइ 2025 को तयारी सुरु हुँदै

Kyoto Khabar
Posted on 1 year ago

ओसाका, जापान – एनआरएनए जापान कान्साइ क्षेत्रीय कार्यसमितिको आयोजनामा र नेपाली राजदुताबास जापान र एनआरएनए जापानको सहकार्यमा आयोजना हुन गइरहेको प्रथम नेपाल फेस्टिवल कान्साइ 2025 को तयारी सुरु हुँदैछ। यस पर्वको मुख्य उद्देश्य नेपाल र नेपाली संस्कृतिको समृद्ध र समावेशी प्रदर्शन गर्दै जापानी समुदायमा नेपालको कला र संस्कृति चिनाउनका साथै जापानी नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु हो।

यो भव्य उत्सव २०२५ को एप्रिल २६ र २७ तारिखका दिन ओसाका सहरमा आयोजना हुँदैछ। नेपाल र नेपाली संस्कृति संसारभर परिचित गराउनका लागि यस आयोजनामा जापानका विभिन्न क्षेत्रबाट सहभागिता र सहयोगको अपेक्षा समेत गरिएको छ।

कार्यक्रमलाई सफल बनाउन जापानभरका, विशेषगरी कान्साइ क्षेत्रका, नेपाली दाजुभाइ र दीदीबहिनीहरुबाट आर्थिक, नैतिक र भौतिक सहयोगको अपील गरिएको छ। यस अवसरमा, जापानी समुदायलाई नेपालको संस्कृति र परम्परासँग परिचित गराउन सबैले आफ्नो योगदान पुर्‍याउन अनुरोध गरिएको छ।

सम्पूर्ण जापानबासी, विशेष गरी कान्साइ क्षेत्रका नेपाली समुदायलाई यस ऐतिहासिक कार्यक्रममा सहभागी बन्नका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया

Bio