बिहुँकोट समाज जापान, कान्साई क्षेत्रीय समितिको ११औँ साधारण सभा तथा छैटौँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले लक्ष्मण न्यौपानेलाई संयोजक पदका लागि चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको छ। उपस्थित सदस्यहरूले नयाँ नेतृत्वलाई हार्दिक बधाई दिँदै संगठनलाई अझ सबल र व्यवस्थित रूपमा अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।
नवगठित कार्यसमितिमा उपाध्यक्षहरूका रूपमा रेशम कडेल, लक्ष्मण कंडेल र टंक प्रसाद न्यौपाने (राजन) चयन भएका छन्। सचिव पदमा चेत नारायण कडेल (कृष्ण), सह–सचिवमा शन्तोस कडेल र मेघनाध कडेल चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा ऋषिराम कंडेल तथा सह–कोषाध्यक्षमा कृष्ण कंडेल जिम्मेवारीमा छन्। समितिका सदस्यहरूमा कृष्ण न्यौपाने, देवीलाल कडेल, हिमनाथ कडेल, प्रेम प्रसाद कडेल, कृष्ण न्यूरे, कोपिला कंडेल र सन्तु सापकोटा कंडेल रहेका छन्।
नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिंदै सहभागीहरूले केन्द्र र क्षेत्रीय समितिबीचको सहकार्य अझ प्रगाढ तथा प्रभावकारी होस् भन्ने कामना व्यक्त गरेका छन्। समितिको नयाँ कार्यकाल उपलब्धिमूलक र स्वर्णिम बन्ने विश्वास व्यक्त गरिएको छ।
About
contact
Date Converter

