जापानको ह्योगो प्रिफेक्चरको कोबे शहरमा एक नेपाली विद्यार्थी रक्सी पिएर प्रहरीमाथि जुत्ता हानेको आरोपमा पक्राउ परेका छन्। कोबे सिन्बुनको अनलाइन संस्करणका अनुसार, ३३ वर्षीय ती विद्यार्थीलाई अक्टोबर २७ तारिख दिउँसो करिब २ः४५ बजे पक्राउ गरिएको हो।
घटना कोबे शहरस्थित एक कोबान (पुलिस बक्स) को पार्किङ क्षेत्रमा भएको बताइन्छ। रक्सीको गहिरो मातमा रहेका ती विद्यार्थीले सोधपुछका क्रममा ड्युटीमा खटिएका प्रहरी अधिकारीतर्फ आफ्नो जुत्ता फ्याँकेका थिए। यद्यपि, फ्याँकेको जुत्ताले कसैलाई चोट भने लागेको थिएन।
प्रहरीले उनलाई “ड्युटीमा खटिएका अधिकारीको कार्यमा बाधा पुर्याएको” (公務執行妨害) अभियोगमा पक्राउ गरेको हो। सोधपुछका क्रममा ती विद्यार्थीले भने, “आफूले के गरेको हो भन्ने याद छैन, र किन पक्राउ गरिएको हो भन्ने पनि थाहा छैन,” बताएका छन्।
यो घटनाले जापानमा रहेका नेपाली समुदायबीच नियम–कानूनको पालना र जिम्मेवार व्यवहारप्रति थप सचेत रहनुपर्ने सन्देश दिएको छ। स्थानीय प्रहरीले यस्ता घटना दोहोरिन नदिन विदेशी विद्यार्थीहरूलाई आत्मनियन्त्रण र कानुनी चेतनामा जोड दिएको छ।
About
contact
Date Converter

