+
Side Bar Header Desktop Recovered

कान्साईमा मैत्रीपूर्ण क्रिकेट खेल हुँदै

Kyoto Khabar
Posted on 4 months ago

जापानको कान्साई क्षेत्रमा नेपाली युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित Khansai Cricket Committee को आयोजनामा मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न हुने भएको छ। ‘The Final Match’ नाम दिइएको यो खेल डिसेम्बर २६, २०२५ (शुक्रबार) का दिन ओसाकास्थित योडोगावा रिभरबेड ग्राउन्ड मा आयोजना गरिने छ।

समितिका संयोजक सुजन कार्की का अनुसार, यस खेलको मुख्य उद्देश्य कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली युवाहरूलाई खेलमार्फत जोड्नु र आपसी सद्भावलाई मजबुत बनाउनु हो। उनले खेलकुद गतिविधिले समुदायभित्र मित्रता, सहकार्य र सकारात्मक ऊर्जा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

अन्तिम खेलमा Rhinos र Nara Knights टिमबीच प्रतिस्पर्धा हुने जनाइएको छ। आयोजक पक्षले खेललाई उत्सवमय बनाउन दर्शक सहभागिता, खेलाडीहरूको उत्साहवर्धन र समुदायस्तरीय सहकार्यलाई विशेष प्राथमिकता दिएको छ।

यस किसिमका मैत्रीपूर्ण खेलहरूले प्रवासमा रहेका नेपालीहरूबीच एकता बलियो बनाउँदै स्वस्थ जीवनशैली र सामाजिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Bio