टोकियो , गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आयोजित “टोकियो सप्ताह २०२५” को आय–व्यय विवरण सार्वजनिक गरेपछि कार्यक्रमका क्रममा घोषणा गरिएका सहयोग रकमहरू धमाधम संकलन हुन थालेका छन्। आय व्यय सार्वजनिक कार्यक्रम मार्फत सहयोगको घोषणा गरीएको ११०,२६४,६६५ येन मध्य १९,५९४,९९७ येन मात्र प्राप्त भएको र बाकी ९३,८९८,०७७ येन उठन बाकी रहेको जानकारी प्राप्त भएको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि आयोजकले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले आफूले बोलेको रकम प्रतिबद्धताअनुसार बुझाउन थालेका हुन्। यस क्रममा एफएनजे जापानका अध्यक्ष समेत रहेका रविन्द्र श्रेष्ठले पनि आफूले कबुल गरेको १ लाख ११ हजार १११ येन सहयोग रकम एनआरएनए जापानलाई हस्तान्तरण गरेका छन्। जिज्ञान कुमार थापा तथा यासु बस्नेतले पनि बाचा गरेको रकम २,२२,२२२ येन हस्तान्तरण गरेको कुरा आफ्नो फेसबुक मात्र मार्फत जनाएका छन्।
एनआरएनए जापानले कार्यक्रमको पारदर्शिता, आय–व्ययको सार्वजनिकता र बोलकबोल रकम समयमै संकलन हुनु सकारात्मक सन्देश भएको बताएको छ। “टोकियो सप्ताह २०२५” ले जापानमा नेपाली समुदायबीच आपसी सहकार्य, संस्कृति प्रवर्द्धन र संस्थागत विश्वासलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।
कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाप्रति एनआरएनए जापानले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको छ।
About
contact
Date Converter

