+
Side Bar Header Desktop Recovered

यामानाशीमा नेपालीद्वारा चलाइएको कारको ठक्कर, जापानी बालिका गम्भीर घाइते

Kyoto Khabar
Posted on 5 months ago

जापानको यामानाशी प्रिफेक्चरस्थित फुजीकावागुचिको सहरमा एक नेपाली नागरिकले चलाएको कारले ठक्कर दिँदा कक्षा १ मा पढ्ने जापानी बालिका गम्भीर घाइते भएको छ। दुर्घटना डिसेम्बर १ तारिख दिउँसो करिब १:४५ बजे ट्राफिक लाइट रहेको एक चोकमा भएको हो। घटना स्थानीय टेलिभिजन युटिभी यामानाशी ले सार्वजनिक गरेको हो।

कार चलाउने २९ वर्षीय नेपाली नागरिक सिजुओका प्रिफेक्चरको हामामात्सु सहरमा अवस्थित एक कम्पनीका कर्मचारी रहेका छन्। प्रहरीका अनुसार बालिका जेब्रा क्रसिङको बायाँतर्फबाट सडक पार गर्दै गर्दा कारले ठक्कर दिएको थियो।

ठक्करका कारण बालिकाको दाहिने खुट्टाको घुँडामुनिको भागमा हड्डी भाँचिएको छ र हाल अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

जापानमा नेपाली समुदायको संख्या बढिरहेको अवस्थामा भएको यस घटनाले सवारी नियमको कडाइपूर्वक पालना र पैदल यात्री सुरक्षातर्फ अझ बढी ध्यान दिन आवश्यक रहेको देखिएको छ।

प्रतिक्रिया

Bio