+
Side Bar Header Desktop Recovered

जापानमा विदेशी नीतिसम्बन्धी पहिलो मन्त्रिस्तरीय बैठक सम्पन्न

Kyoto Khabar
Posted on 9 months ago

 

क्योतो, जापानकी प्रधानमन्त्री साने ताकाइचीले नोभेम्बर ४ मा विदेशी निवासी नीतिसम्बन्धी पहिलो मन्त्रिस्तरीय बैठक बोलाइन्। बैठकमा उनले सन् २०२६ जनवरीसम्म जापानी नागरिक र विदेशी बासिन्दाबीच कानूनी रूपमा सहअस्तित्व सुनिश्चित गर्न स्पष्ट नीति र दिशानिर्देश तय गर्न मन्त्रीहरूलाई निर्देशन दिइन्।

बैठकमा विदेशीहरूद्वारा जमिन स्वामित्व, आव्रजन व्यवस्थापन, र अवैध बसाइँ सम्बन्धी नियमहरूबारे गहिरो छलफल गरिएको थियो। ताकाइचीले केही विदेशीहरूले नियम उल्लङ्घन गर्दा जनतामा असुरक्षा र अन्यायको भावना बढेको भन्दै उचित नियमन र सन्तुलित सहअस्तित्वको आवश्यकता औंल्याइन्।

मुख्य क्याबिनेट सचिव मिनोरु किहारा र आर्थिक सुरक्षा तथा विदेशी नीति मामिलाका मन्त्री किमी ओनोदाको नेतृत्वमा भएको उक्त बैठकमा अत्यधिक पर्यटन (ओभरटुरिज्म) र विदेशी स्वामित्वमा रहेको अचल सम्पत्ति सबन्धि समस्याहरुको पनि समिक्षा गरिएको थियो ।

प्रतिक्रिया

Bio