+
Side Bar Header Desktop Recovered

एनआरएनए महासचिवमा पारस मणि पोखरेलको उम्मेदवारी घोषणा

Kyoto Khabar
Posted on 8 months ago

Att.v4kvzzwyzexatftjryx6ckkpvmvf2p4mjv0wk51ylo4

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २५–२७ कार्यकालका लागि महासचिव पदमा पारस मणि पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले पदसँगै पर्फर्मेन्स जरुरी रहेको उल्लेख गर्दै परिवर्तन र परिस्कृत एनआरएनएको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पोखरेल संसारकै पहिलो क्षेत्रीय समिति मानिने जापानको नागोया क्षेत्रको संस्थापक संयोजक हुन्। हाल उनी एनआरएनए केन्द्रिय सचिवका रूपमा कार्यरत छन्। यसअघि उनले १२ वर्षअघि एनआरएनए जापानको अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोभन्दा दुई वर्ष कान्छो उमेरमा एनआरएनए अभियानमा होमिएका पोखरेल हालै अमेरिका र क्यानाडा भ्रमण गरेर फर्किएका छन्। उनको आगामी भ्रमण मलेसिया र मध्यपूर्वमा हुने जनाइएको छ।

महासचिवका उम्मेदवार पोखरेलले आफ्नो दृष्टिकोणमा एनआरएनएलाई विश्वभरका नेपालीको साझा मञ्च बनाउनुपर्नेमा जोड दिएका छन्। उनले पारदर्शी र जवाफदेही संस्था, युवा तथा महिलाको सक्रिय सहभागिता, प्रविधि–मैत्री संरचना, राजनीतिक निर्लिप्तता, संस्थागत सुधार र परिणाममुखी कार्यक्रमलाई प्राथमिकता दिने बताएका छन्।

उनको घोषणापत्रमा प्रवासी नेपालीको सीप र ज्ञानलाई नेपालसँग जोड्ने, कानुनी सहयोग र आकस्मिक कोषलाई मजबुत बनाउने, प्रवासी लगानीमार्फत रोजगारी सिर्जना गर्ने, समाजसेवा तथा मानवीय सहयोग, शिक्षा तथा युवा नेतृत्व विकास र गैरआवासीय नागरिकताको अधिकार सुनिश्चित गर्ने कार्यक्रमहरू समेटिएका छन्।

पोखरेलले आफ्नो अभियानको नारा “सशक्त प्रवासी, सम्पन्न नेपाल — परिवर्तन अनि परिस्कृत एनआरएनए” रहेको जनाएका छन्। विस्तृत घोषणापत्र भने चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइरहेको छ |

प्रतिक्रिया

Bio