+
Side Bar Header Desktop Recovered

टोकियोमा दक्षिण कोरियाली युवकद्वारा प्रेमिकाको हत्या

Kyoto Khabar
Posted on 8 months ago

 

टोकियो , टोकियोको सेतागया वार्डमा आफ्नी प्रेमिकाको घाँटी रेटी हत्या गरेको आरोपमा एक ३० वर्षीय दक्षिण कोरियाली पुरुषलाई मंगलबार पक्राउ गरिएको छ। पार्क योङ्जुनलाई सोमबार दिउँसो हानेदा विमानस्थलमा पक्राउ गरिएको हो। उनले आफ्नी प्रेमिका ४० वर्षीया दक्षिण कोरियाकी बाङ जी वोनको हत्या गरेको आशंकामा पक्राउ गरिएको प्रहरीको भनाइ छ। प्रहरीले बताए अनुसार उनले अहिलेसम्म प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। पार्क र बाङ प्रेम सम्बन्धमा थिए, तर गत शुक्रबार बाङले पार्कसँग सम्बन्ध विच्छेद गर्ने कुरा बताएपछि आफूलाई कुटपिट गरेको भन्दै प्रहरीसँग उजुरी गरेकी थिइन्।

प्रहरीले बाङलाई परिचितको घरमा बस्न सल्लाह दिएका थिए भने पार्कलाई बाङसँग टाढा रहन चेतावनी दिएका थिए। तर, शनिबार पार्कलाई बाङको घर नजिक देखिएपछि पुनः प्रहरीले उनलाई सचेत गराएको थियो। त्यही क्रममा दक्षिण कोरिया फर्किने टिकटसहित विमानस्थल पुगेका पार्कलाई प्रहरीले हानेदा पुर्‍याए पनि पछि उनको गतिविधि ट्र्याक गर्न सकेनन्। सोमबार, कार्यालय नजिकैको भवनमा काम सकेर बाहिर निस्किएपछि बाङ रगताम्य अवस्थामा सडकमा लडेको अवस्थामा भेटिएकी थिइन्। उनलाई अस्पताल लगिए पनि जीवनरक्षा गर्न सकिएन।

प्रतिक्रिया

Bio