कोबेमा भव्य तीज मेला आयोजना हुँदै, चर्चित कलाकारहरूको प्रस्तुति August 20 मा तीज मेला २०२५ कार्यक्रम
कोबे, जापान – नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा
आगामी अगस्ट २०, बुधबारका दिन जापानको कोबे शहरस्थित कोबे मेरिकेन पार्कमा भव्य तीज मेला आयोजना गर्ने भएको छ। मेलाको सम्पूर्णतयारी अन्तिम चरणमा पुगेको र यस वर्षको कार्यक्रम विगतका वर्षहरूभन्दा अझै आकर्षक र भव्य हुने आयोजकहरूलेबताएका छन्।
कार्यक्रममा नेपालका लोकप्रिय गायक प्रकाश सपुत, गायिका पिति आले र ऋतु कँडेललगायतका चर्चित कलाकारहरूकोलाइभ प्रस्तुति रहनेछ। उनीहरूको प्रस्तुतिले जापानमा रहेका नेपाली समुदायलाई स्वदेशकै झल्को दिलाउने र नेपाली संस्कृतिर परम्परासँग झन् नजिक्याउने विश्वास लिइएको छ।
मेलामा विभिन्न नेपाली परिकारहरूको फुड स्टल राखिनेछ, जसमा परम्परागत खाना र परिकारहरूको स्वाद लिन पाइनेछ।त्यस्तै, नेपालका विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, नृत्य तथा झाँकी प्रस्तुत गरिनेछ। कार्यक्रमलाई अझै आकर्षकबनाउन परम्परागत पञ्चे बाजाको पनि विशेष प्रस्तुति रहनेछ।
आयोजक चितवन समाज कान्साईका पदाधिकारीहरूले यस मेलाले प्रवासमा बस्ने नेपालीहरूलाई मात्र नभई जापानी तथाअन्य मुलुकका पाहुनालाई पनि नेपालको संस्कृतिको नजिक ल्याउने विश्वास व्यक्त गरेका छन्। साथै मेलाबाट संकलितरकम सामुदायिक तथा सामाजिक कार्यमा उपयोग गरिने जनाइएको छ।
मेलाको समय बिहान ११ बजेदेखि सुरु हुने छ भने स्थल कोबे शहरकै प्रमुख पर्यटकीय आकर्षण मानिने कोबे मेरिकेन पार्कतोकिएको छ। कार्यक्रमलाई सफल पार्न सहयोग र सहभागिताको लागि आयोजकले सम्पूर्ण नेपाली दाजुभाइ तथादिदीबहिनीहरूलाई हार्दिक निम्तो गरेका छन्।
सह–आयोजक नेपाली समाज कोबे रहेको यस भव्य तीज मेलालाई सफल बनाउन जापानभरिका नेपाली समुदाय एकजुटभएर लागिरहेका छन्।
About
contact
Date Converter

