+
Side Bar Header Desktop Recovered

ओकायामा नेपाली समाज जापानद्वारा ‘ओकायामा तीज धमाका २०८२’ आयोजना हुने

Kyoto Khabar
Posted on 12 months ago

ओकायामा, जापान
नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसरमा ओकायामा नेपाली समाज जापानले आगामी २०८२ साल भदौ २२ गते (२०२५ अगस्ट २२, शुक्रबार) एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

‘ओकायामा तीज धमाका २०८२’ नाम दिइएको उक्त कार्यक्रम ओकायामा कितानागासे स्टेशन नजिकै रहेको ब्रान्ची पार्कमा दिउँसो २:०० बजेदेखि राति ९:०० बजेसम्म हुने समाजले जनाएको छ।

यस कार्यक्रममा नेपालका चर्चित गायिका ज्योति लोहनी र गायक सूर्य खड्का ले विशेष प्रस्तुति दिने भएका छन्। साथै, बालबालिकाको गायन–नृत्य प्रतियोगिता र महिला गायन प्रतियोगिता समेत आयोजना गरिने छ।

ओकायामा नेपाली समाज जापानका अध्यक्ष प्रेम आचार्यका अनुसार, विदेशमा रहे पनि नेपाली संस्कृतिप्रति माया र आत्मीयता कायम राख्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। उहाँले सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्नुभएको छ।

समाजले २०१६ मा स्थापना भएदेखि नै जापानमा बसोबास गर्ने नेपालीहरूलाई एकताबद्ध गर्ने, नेपाली कला–संस्कृतिको संरक्षण गर्ने र समुदायलाई नजिक ल्याउने खालका गतिविधिहरू गर्दै आएको छ। यसपालिको तीज धमाका कार्यक्रम त्यसैको निरन्तरता भएको आयोजकहरूले बताएका छन्।

प्रवेश पूर्ण रूपमा निःशुल्क रहने यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको समाजले जनाएको छ।

क्योटो खबर
सह- संपादक जनक कडेल

प्रतिक्रिया

Bio