एनआरएनए जापान २०२५–२७ कार्यकालका लागि नारायण सुबेदीले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। २०१७ देखि निरन्तर एनआरएन अभियानमा सक्रिय रहेका सुबेदी यसपालि नेतृत्वदायी भूमिकामा अघि सरेका छन्।
“मेरो उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थ वा पदको लालसा होइन,” सुबेदीले भने, “म सबै नेपालीले ‘हाम्रो र राम्रो संस्था’ भनेर गर्व गर्न सक्ने एनआरएनए निर्माण गर्ने लक्ष्य लिएर अगाडि बढेको हुँ।”
उनले एनआरएनएलाई पारदर्शी, समावेशी र समुदायमुखी संस्थाको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताए। जापानभर रहेका नेपाली समुदायको सेवा गर्न अवसर प्रदान गरिदिनुहुन आग्रह गर्दै, उनले आफ्नो उम्मेदवारी साझा हित, स्पष्ट नेतृत्व र नेपाली समुदायको पहिचान तथा हितमा योगदान पुर्याउने दृढ उद्देश्यसहित रहेको प्रस्ट पारे।
About
contact
Date Converter

