गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि कृष्ण गैरे शर्माले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
संस्थागत पारदर्शिता, ईमानदारी र स्वाभिमानका साथ लामो समयदेखि एनआरएनए अभियानमा क्रियाशील रहँदै आएका शर्माले उम्मेदवारी घोषणा गर्दै भने,
“संस्थाप्रति सधैं ईमानदार, अटल र स्वाभिमान पारदर्शिता र संस्थागत विकास नै मेरो अभियान हो।”
शर्माले एनआरएन जापान (कान्साई) मा झन्डै एक दशकभन्दा बढी समयदेखि विभिन्न जिम्मेवारी बहन गर्दै आएका छन्। उनको नेतृत्व क्षमताले संगठनभित्र व्यावसायिकता र समावेशी सोच ल्याउने विश्वास गरिएको छ।
कृष्ण गैरे शर्माको एनआरएनए अनुभव:
2011–2013: सदस्य, NRNA Japan (Kansai)
2013–2015: सदस्य, NRNA Japan (Kansai)
2015–2017: उप-कोषाध्यक्ष, NRNA Japan (Kansai)
2017–2019: उप-संयोजक, NRNA Japan (Kansai)
2019–2021: संयोजक, NRNA Japan (Kansai)
2021–2023: उपाध्यक्ष, NRNA Japan
2023–2025: उपाध्यक्ष, NRNA Japan
About
contact
Date Converter

