+
Side Bar Header Desktop Recovered

एनआरएनए जापानको आगामी कार्यकालका लागि हरि प्रसाद कँडेलद्वारा क्षेत्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा

Kyoto Khabar
Posted on 9 months ago

 

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् जापानको १२औं राष्ट्रिय महाधिवेशन २०२५ अन्तर्गत हुने निर्वाचनका लागि हरि प्रसाद कँडेलले क्षेत्रीय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विगत लामो समयदेखि एनआरएन अभियानमा निरन्तर क्रियाशील कँडेलले उम्मेदवारी दर्ता गर्दै जापानभर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति नमन गर्दै समर्थनको अपिल गरेका छन्।
उनले भनेका छन्:
“मैले NRNA जापानको क्षेत्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु। अब तपाईंहरूको साथ र समर्थनको पूर्ण विश्वासका साथ आग्रह गर्दछु— कृपया आफ्नो अमूल्य मतद्वारा विजय गराइदिनुहोला।”

कँडेलले गैरआवासीय नेपालीहरूको प्रतिनिधिमूलक संस्था एनआरएनएलाई जनमैत्री, दिगो र प्रभावकारी बनाउन आफ्नो अनुभव, समर्पण र नेतृत्व क्षमताको भरपुर उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हरि प्रसाद कँडेलको एनआरएनए अनुभव:

2011–2013: क्षेत्रीय सल्लाहकार सदस्य, NRNA Japan (LCC Kansai)

2013–2015: सदस्य, NRNA Japan (LCC Kansai)

2019–2021: उपसंयोजक, NRNA Japan (LCC Kansai)

2023–2025: संयोजक, NRNA Japan (LCC Kansai)

संस्थाको नारा “जनमैत्री, दिगो र प्रभावकारी” को सारलाई आत्मसात गर्दै कँडेलले एनआरएन अभियानलाई अझ मजबुत बनाउने लक्ष्यका साथ निर्वाचनमा उत्रिएका हुन्।

प्रतिक्रिया

Bio