टोकियो, जापान – एनआरएनए (गैरआवासीय नेपाली संघ) जापानको २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्। प्रचारभन्दा कर्ममा विश्वास राख्ने श्रेष्ठ विगत लामो समयदेखि संस्थासँग प्रत्यक्ष रूपमा संलग्न रहँदै आएका छन्।
श्रेष्ठले एनआरएनए जापानमा मानार्थ सदस्य, प्रवक्ता, महासचिव र उपाध्यक्ष लगायतका भूमिकामा कुशलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएका छन्। अहिले भने उनले अध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णय गरेका हुन्।
उम्मेदवारी घोषणासँगै श्रेष्ठले भने,
“म तपाईंको जन्मदिनको पार्टीमा नआउँला, बार्बिक्यु कार्यक्रममा नआउँला, तर तपाईंको दुःख पीडामा सधैं आउनेछु।”
उनी ठूला नाराभन्दा जनताको विश्वास र साथलाई आफ्नो मूल आधार मान्छन्।
उनको भने
“मैले चर्का नारामा फोकस गर्दिन। तपाईंको समस्यामा तपाईंको साथमा हुनु नै मेरो नारा हो। तपाईंहरूको विश्वास नै मेरो शक्ति हो, र म त्यो कहिल्यै तोड्दिन।”
हाकी, निडर र कर्मशील स्वभावका सिद्धार्थ श्रेष्ठको उम्मेदवारीले एनआरएनए जापानको निर्वाचनलाई थप रोचक बनाएको छ। जुलाई २७ तारिखमा हुने चुनावमा श्रेष्ठको उम्मेदवारी सशक्त प्रतिस्पर्धाको संकेत मानिएको छ।
About
contact
Date Converter

