क्योटो, जापान गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि केन्द्रिय सदस्य पदमा अनिल शर्मा पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ उनले जापानमा रहेका नेपाली समुदायको हकहित र समुन्नत भविष्य निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।
अनिल शर्मा पौडेल विगतदेखि नै नेपाली समाजसेवामा क्रियाशील व्यक्ति हुन्। सन् २०१५–२०१७ को कार्यकालमा उनी एनआरएनए जापानको केन्द्रिय सदस्यसमेत भइसकेका छन्। यो अनुभवको आधारमा उनले पुनः एकपटक नेपाली समुदायको हितमा काम गर्नको लागि उम्मेदवारी दिएका हुन्।
पौडेलको प्राथमिक योजना जापानमा रहेका नेपाली विद्यार्थी, कामदार, व्यवसायी तथा सम्पूर्ण नेपालीलाई जापानी समाजमा अझ सशक्त रूपमा स्थापित गराउनु रहेको छ। साथै, उनले नेपालीलाई जापानी भाषा र समाजसँग अझ नजिक ल्याउने र नेपाल चिनाउने योजना प्रस्तुत गरेका छन्।
“नेपालीलाई जापानमा स्थापित गर्ने र जापानी समाजमा नेपालको पहिचान उजागर गर्ने मेरो मुख्य योजना हो,” उनले आफ्नो सन्देशमा भनेका छन्।
About
contact
Date Converter

