+
Side Bar Header Desktop Recovered

केशब शर्माको नयाँ तीज गीत “रेलिमै” सार्वजनिक,राम्रो चर्चा बटुल्दै

Kyoto Khabar
Posted on 1 year ago

 

क्योतो – गायन तथा संगीतको क्षेत्रमा सक्रिय कलाकार केशब शर्मा र गायिका लक्ष्मी घटानको स्वरमा सजिएको नयाँ तीज गीत “रेलिमै” सार्वजनिक भएको छ। तीजको विशेष अवसर पारेर बजारमा ल्याइएको यस गीतले महिला लक्षित परम्परागत पर्व तीजको रौनक थप्ने विश्वास गरिएको छ।

गीतमा अर्जुन सुवेदीको शब्द र केशब शर्माकै संगीत रहेको छ भने संगीत संयोजन सागर बिराहीले गरेका छन्। गीतको भिडियो कुमार केसीको निर्देशनमा तयार गरिएको हो, जसमा आकर्षक दृश्य, परम्परागत पोशाक र नृत्य झल्किन्छ।

गीतको छायांकन मुकेश हमालले गरेका हुन् भने सम्पादन अर्जुन चापागाईं को रहेको छ। गीतमा परम्परागत लोकधुन र आधुनिक संगीतको राम्रो संयोजन देखिएको छ।

“रेलिमै” गीत अहिले युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ र छोटो समयमै दर्शक/श्रोताको ध्यान खिच्न सफल भएको छ।

प्रतिक्रिया

Bio