+
Side Bar Header Desktop Recovered

कास्की पोखरा समाज जापान (कान्साई)को प्रथम अधिवेशन सम्पन्न, अग्नि त्रिपाठी अध्यक्षमा निर्वाचित

Kyoto Khabar
Posted on 1 year ago

कान्साई, जापान  कास्की पोखरा समाज, जापान कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। उक्त अधिवेशनबाट अग्नि त्रिपाठी अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित भएका छन्। नयाँ नेतृत्वले प्रवासी नेपाली समुदायको हितमा सकारात्मक तथा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ।

नवगठित कार्यसमितिमा  दुर्गा मराशिनी उप–संयोजक, श्रीमती अनिता त्रिपाठी महिला संयोजक, प्रकाश भण्डारी कोषाध्यक्ष,  राजेश कोइराला सह–कोषाध्यक्ष, र  अभिनय आचार्य सचिव पदमा चयन भएका छन्।  सह–सचिवको पद हाल खाली राखिएको छ। समितिमा विविध पृष्ठभूमिका अनुभवी र सक्रिय सदस्यहरूको सहभागिता रहेको छ। तेज गुरुङ, तिलक केसी, र श्री लोक बहादुर विश्वकर्मा सल्लाहकारको भूमिकामा रहनेछन्, भने  इश्वोर थापा र  नबिन जंग केसी खेलकुद संयोजकमा नियुक्त भएका छन्।

सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिमा सक्रियता बढाउने उद्देश्यसहित गठित कार्यसमितिका सदस्यहरूमा सन्तोष बाबु लामिछाने, बीरबहादुर तामांग, सुनिता परियार, बसन्त बराल, सुमन सुबेदी, सजना त्रिपाठी, कविराज बराल, सुनिल कोइराला, निरूपा ठकुरी, स्मृति बराल, बसन्त पौडेल, सबिन गुरुङ, अनिल अर्याल, प्रबिना दाहाल, मदन श्रेष्ठ, बिनोद आचार्य, सुशील भुजेल, बिक्की गुरुङ र बिनिता आचार्य रहेका छन्। नवगठित टोलीले आगामी दिनमा एकता, सेवा र सहकार्यको भावना सहित समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Bio