+
Side Bar Header Desktop Recovered

बागलुङ समाज जापान, कान्साईको प्रथम अधिवेशन सम्पन्न , बेद प्रसाद कंडेल अध्यक्षमा निर्वाचित

Kyoto Khabar
Posted on 1 year ago

बागलुङ समाज जापान, कान्साईको प्रथम अधिवेशन सम्पन्न , बेद प्रसाद कंडेल अध्यक्षमा निर्वाचित

कान्साई, जापान — बागलुङ समाज जापान अन्तर्गत कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। प्रवासी नेपालीहरूको एकता, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक सेवामा सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित सम्पन्न अधिवेशनमा कान्साई क्षेत्रमा बसोबास गर्ने बागलुङे समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनबाट बेद प्रसाद कंडेललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ।

सोही अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा राम थापा (नारायण), सुजन शर्मा, र जीवन घर्ती उपाध्यक्ष पदमा चयन भएका छन्। अन्य पदाधिकारीहरूमा कुशल बोहोरा (सचिव), दिनेश पौडेल (सह-सचिव), गोपाल कृष्ण सापकोटा (कोषाध्यक्ष), अविरल के.सी. (सह-कोषाध्यक्ष) रहेका छन्। सदस्यहरूमा शान्ति सापकोटा कंडेल, ज्योति सापकोटा आचार्य, शर्मिला आचार्य कंडेल, र गणेश सिंजालि चयन भएका छन्।

नव-निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई दिँदै उपस्थित वक्ताहरूले नयाँ कार्यसमितिको कार्यकाल सफल र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरेका थिए। आगामी दिनमा समाजले सामाजिक एकता, परोपकार, तथा नेपाली भाषा-संस्कृति प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

Bio