गैरआवासीय नेपाली संघ (NRNA) को स्थापना सन् २००३ मा विश्वभर फैलिएका नेपालीहरूको हक, हित, अधिकार संरक्षण र नेपालको समग्र विकासमा योगदान पुर्याउने लक्ष्यका साथ भएको थियो। यो अभियानले छोटो समयमा नै विश्वभर छरिएका नेपालीहरूलाई एउटै मञ्चमा उभ्याउन सफल भयो।
जापान, जहाँ लाखौं नेपाली विद्यार्थी, कामदार, व्यवसायी, तथा प्रवासीहरू बसोबास गर्छन्, त्यहाँ NRNA जापानले लामो समयदेखि नेपाली समुदायलाई संगठित गर्दै, उनीहरूको समस्यामा साथ दिँदै, विविध सामाजिक र सांस्कृतिक गतिविधिहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। यही अभियानको एक महत्वपूर्ण हिस्सा हो NRNA जापानको कान्साई समिति, जसले विशेषगरी ओसाका, कोबे, क्योटो, नारा जस्ता क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ। यही क्षेत्रको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका हरिप्रसाद कडेल आफ्नो कार्यकालको अन्तिम चरणमा छन्। कडेलको कार्यकाललाई सफल, समावेशी र जिम्मेवार नेतृत्वको उदाहरणका रूपमा लिइन्छ। उनले नेतृत्व सम्हालेपछि कान्साई क्षेत्रमा रहेका नेपालीहरूबीच सहयोग, सद्भाव र आत्मीयताको सेतु निर्माण गर्न अथक प्रयास गरे। कोभिड–१९ को संकटपछिको समय, काम र आवासको समस्या, विद्यार्थीहरूको चासो, तथा समाजभित्रको विभाजनलाई सम्बोधन गर्दै उनले सबै वर्ग र पृष्ठभूमिका नेपालीहरूलाई एउटै छातामुनि ल्याउने प्रयास गरे। थुप्रै सांस्कृतिक कार्यक्रम, आपतकालीन राहत सहयोग, जानकारीमूलक कार्यक्रम, र संस्थागत संयोजनका कार्यहरू उनको पालामा सम्पन्न भए। तर नेतृत्वको यात्रामा केवल सफलताका फूलहरू मात्र हुन्नन्।
जिम्मेवारीको अन्त्यसँगै अर्को चुनौती पनि उनको सामु उभिएको छ को हुन् त अब भाबि अध्यक्ष ? उनकै सहकर्मी र मित्र भइ आएका भिम काउचा र टी.आर. गौडेल अहिले आगामी कार्यकालको नेतृत्वका लागि संभावित प्रत्यासीको रूपमा देखा परेका छन्। कडेलको मनमा नेतृत्व कसले सम्हाल्ला भन्ने भन्दा पनि, समाज कसरी फेरि एक ढिक्क भएर अघि बढ्ला भन्ने चिन्ता बढी छ। त्यसैले, उनले आफैं पहल गरेर दुवै पक्षलाई सहमतिमा ल्याउने तयारी गरिरहेका छन्। यसमा उनको उद्देश्य स्पष्ट छसंघीय राजनीतिले होइन, सामूहिक सोच र सहमतिको मार्गले संगठन अघि बढोस्। “NRNA कुनै व्यक्तिको संस्था होइन, यो सबैको साझा घर हो,” भन्ने भावनालाई आत्मसात गर्दै उनले नेतृत्व हस्तान्तरणलाई सहज र सम्मानजनक बनाउन अग्रसरता लिएका छन्।
हरिप्रसाद कडेलको बिदाइ केवल एक कार्यकालको अन्त्य होइन, यो नेपालप्रेम, समाजसेवा, र समर्पित नेतृत्व को कथा हो। एक यस्तो कथा जसले जापानको कान्साई क्षेत्रमा रहेका नेपालीहरूलाई लामो समयसम्म प्रेरित गर्नेछ। अन्त्यमा, समाजको नेतृत्व सधैँ परिवर्तनशील हुन्छ तर सद्भाव, एकता र दूरदृष्टि स्थायी बनाइ राख्नु नेतृत्वको साँचो सफलता हो। र, यो सन्देश कडेलले आफ्नो कार्यशैली, व्यवहार र निष्कपट सोचमार्फत सम्पूर्ण समुदायलाई दिएका छन्।जुन सेवा र आत्मियता राखिराख्न उनि खान्साई अध्यक्षको कार्यकाल पछि केन्द्रमा जाने तयारि पनि गर्दैछन।
About
contact
Date Converter

