+
Side Bar Header Desktop Recovered

क्योतो नेपाली ग्रुप ‘इंटर कान्साई फुटसल टुर्नामेन्ट २०२५’ को उपविजेता

Kyoto Khabar
Posted on 1 year ago

ओसाका, २०२५ मे ३१ – जापानको कन्साई क्षेत्रमा आयोजना गरिएको चर्चित इंटर कन्साई फुटसल टुर्नामेन्ट २०२५ मा क्योटो नेपाली ग्रुपले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको छ। प्रतियोगिता ओसाकाको र्योकुचिकोएन, त्सुरुमी वार्ड मा भव्य रूपमा सम्पन्न भएको थियो। उपाधिका लागि भएको फाइनल खेलमा क्योटो नेपाली ग्रुपले स्टार एफ.सी. ओसाकासँग प्रतिस्पर्धा गर्दै साहसी खेल प्रदर्शन गरे पनि अन्ततः उपविजेतामा सीमित रह्यो।

प्रतियोगितामा उपविजेता बनेको क्योटो नेपाली ग्रुपले नगद ¥१११,१११ (जापानी येन) पुरस्कार प्राप्त गर्‍यो। उपाधि जित्ने स्टार एफ.सी. ओसाकाले ¥२२२,२२२ प्राप्त गरेको छ। व्यक्तिगत विधामा पनि नेपाली खेलाडीहरूको चम्किलो उपस्थिति देखिएको थियो। उत्कृष्ट गोलरक्षकको उपाधि असिम थापा, उत्कृष्ट खेलाडी सुवर्ण अधिकारी र सर्वाधिक गोलकर्ता पुनम बुढाथोकी घोषित भए।

यस प्रतियोगिताले जापानस्थित नेपाली समुदायबीच खेलकुदमा अभिरुचि, आपसी मित्रता र एकताको भावना अझ मजबुत बनाएको छ।

प्रतिक्रिया

Bio