धादिङ समाज जापान अन्तर्गत कान्साई क्षेत्रको नयाँ कार्यसमिति हालै सम्पन्न बैठकमार्फत गठन भएको छ। समाजको समन्वयमा आयोजित उक्त कार्यक्रममा जापानको विभिन्न भागमा सक्रिय धादिङबासी नेपालीहरू सहभागी थिए। बैठकले सर्वसम्मत रूपमै नयाँ नेतृत्व चयन गरेको हो, जसले आगामी कार्यकालमा समाजको गतिविधिहरू सञ्चालन गर्नेछ।
नवगठित समितिको संयोजकमा विकास अधिकारी चयन भएका छन् भने उप-संयोजकको जिम्मेवारी सन्तोष धिताल र बिसु गैरे ले पाएका छन । सचिवमा हरिशरण अर्याल, सह-सचिवमा कापिल ईटनि कोषाध्यक्षमा रामकृमार सुवेदी र सह-कोषाध्यक्षमा सुदिप रिमाल चयन भएका छन्। समितिमा सदस्यका रूपमा जानुका सुवेदी, सागर तामाङ्ग ,नारायण अधिकारि , सुजन रिमाल , श्याम बानिया र लक्ष्मण जि. सि आत्रेय भएका छन् ।
समाजले नयाँ कार्यसमितिसँगै जापानमा रहेका धादिङबासी नेपालीहरूबीच आपसी सद्भाव, एकता र सहयोगको भावना प्रवर्द्धन गर्दै सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिहरूलाई अझ सशक्त रूपमा अघि बढाउने योजना बनाएको छ। समाजले भविष्यमा पनि नेपाल र जापानबीचको सम्बन्ध मजबुत पार्ने खालका क्रियाकलापलाई प्राथमिकता दिने जनाएको छ।
About
contact
Date Converter

