+
Side Bar Header Desktop Recovered

गल्कोट समाज जापानद्वारा आयोजित नेपाल महोत्सव २०२५: ओसाकामा नेपाली संस्कृति र एकताको भव्य उत्सव हुदै

Kyoto Khabar
Posted on 1 year ago

गल्कोट समाज जापान, कानसाई क्षेत्रीय समितिको आयोजनामा आगामी नेपाल महोत्सव २०२५ ओसाका शहरमा भव्य रूपमा सम्पन्न हुने भएको छ। नेपाली राजदूतावासको सहकार्य, गल्कोट समाज जापानको सहयोग तथा कानसाई क्षेत्रका विभिन्न संघसंस्थाहरूको समन्वयमा आयोजना गरिने यस महोत्सवले जापानमा रहेका नेपाली समुदायबीचको एकता, संस्कृति र परम्परालाई उजागर गर्ने लक्ष्य राखिएको छ।

महोत्सव २०२५ जुन १४ (शनिबार) र जुन १५ (आइतबार) को दिन बिहान १०:०० बजेबाट राति ९:०० बजेसम्म सञ्चालन हुनेछ।
स्थान: क्रिएटिभ सेन्टर ओसाका (Creative Center Osaka)
ठेगाना: ४-१-५५ किता कागाय, सुमिनोए-कु, ओसाका-शी, ओसाका ५५९-००११, जापान।
कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति, परिकार, हस्तकला प्रदर्शनी, बालबालिकाका गतिविधि, र विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछ।

कार्यक्रम आयोजकहरूले जापानभर रहेका सम्पूर्ण नेपाली तथा जापानी मित्रहरूलाई नेपाल महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल र स्मरणीय बनाउन हार्दिक निमन्त्रणा गरेका छन्। “तपाईंको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ रोचक, सफल र सार्थक बनाउने विश्वास लिएका छौं,” आयोजक समितिले जनाएका छन्।

प्रतिक्रिया

Bio