फ्रान्समा मुख्यालय रहेको विश्वव्यापी सर्वेक्षण संस्था इप्सोसले सन् २०२४ को डिसेम्बरदेखि २०२५ को जनवरीबीच ३० देशका २३,७६५ जनालाई समेटेर गरिएको अनलाइन सर्वेक्षणमा जापानमा जीवनस्तरप्रति सन्तुष्टि र आशा सबैभन्दा कम रहेको देखिएको छ।
सर्वेक्षणमा जापानका करिब २,००० जनाले सहभागिता जनाएका थिए। “के तपाईं खुशी हुनुहुन्छ?” भन्ने प्रश्नमा केवल ६०% जापानीले “धेरै खुशी” वा “अलिकति खुशी” भन्ने जवाफ दिएका थिए, जुन ३० देशमध्ये जापानलाई २७औँ स्थानमा पार्यो। यो दर सर्वेक्षणको औसत ७१% भन्दा निकै कम हो।
हालको तुलनामा सन् २०२४ को सर्वेक्षणमा ५७% मात्र खुशी थिए भने सन् २०११ मा यो संख्या ७०% थियो।
खुशीको सूचिमा भारत ८८% साथ शीर्ष स्थानमा रहेको छ, जसपछाडि नेदरल्यान्ड्स (८६%) र मेक्सिको (८२%) छन्।
सबैभन्दा कम खुशी हुने देश हङ्गेरी (४५%) हो, त्यसपछाडि टर्की (४९%) र दक्षिण कोरिया (५०%) पर्छन्।
जापानी उत्तरदातामध्ये खुशी नभएको बताउने ६४% जनाले आफ्नो “आर्थिक अवस्था” प्रमुख कारण भएको बताएका छन्। दोस्रो कारण “जीवनमा अर्थ छैन” भन्ने भावना (२७%) रहेको छ।
खुशी महसुस गर्ने प्रमुख कारण “परिवारसँगको सम्बन्ध” (४१.१%) रहेको छ भने दोस्रोमा “प्रेम/कदर महसुस गर्नु” (४१.०%) परेको छ।जापानी नागरिकको जीवनस्तरप्रति सन्तुष्टि पनि निकै कम रहेको छ। केवल १३% ले आफ्नो हालको जीवनस्तर “राम्रो” भनेका छन्, जुन सबै देशहरूमध्ये न्यूनतम हो। यो औसत (४२%) को आधा पनि होइन।
भविष्यप्रति पनि जापानी जनताको आशा न्यून छ। मात्र १५% ले “पाँच वर्षपछि जीवन धेरै राम्रो हुनेछ” भन्ने विश्वास राखेका छन्। यो दर पनि सबैभन्दा कम हो।
बिपरित, कोलम्बियामा ७९%, भारतमा ७८% र अर्जेन्टिना, इन्डोनेसिया तथा मेक्सिकोमा ७६% जनाले भविष्यप्रति उच्च आशावाद देखाएका छन्।इप्सोस जापानका अध्यक्ष एवं सीईओ शुनिची उचिदाले भने, “आर्थिक तनावले मानिसको खुशीमा ठूलो असर पार्ने देखिएको छ।
About
contact
Date Converter

