+
Side Bar Header Desktop Recovered

पंञ्चासे समाज जापानद्वारा सांस्कृतिक तथा विविध कार्यक्रम हुदै

Kyoto Khabar
Posted on 1 year ago

टोकियो, जापान – पंञ्चासे समाज जापानले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा विशेष सांस्कृतिक तथा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम यही मे ४, २०२५ मा बाम्बु छे रेस्टुरेन्ट, शिन्जुकु, टोकियो मा बेलुका ६:०० बजे देखि ९:०० बजे सम्म सञ्चालन हुनेछ।

उत्त कार्यक्रमलाई विशेष बनाउने क्रममा चर्चित गायक गुबिन गुरुङ र गायिका काजल गुरुङ को प्रस्तुति रहनेछ भने अबर्ननीय ब्यान्ड ले लाइभ म्युजिक प्रस्तुत गर्नेछ। साथै, विभिन्न सांस्कृतिक नृत्य तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत समावेश गरिने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको आयोजना पंञ्चासे समाज जापान ले गरेको हो भने अफ्नै न्यूज मिडिया पार्टनरको रूपमा रहेको छ।

प्रतिक्रिया

Bio