क्योतो, मार्च २१, २०२५ – जापानको क्योतोमा नेपाली समुदायभित्र आपसी सहयोग र सम्मानको उदाहरणीय कुरा सार्वजनिक भएको छ। तीन वर्षदेखि दाइसरह सहयोग गर्दै आएका श्री अनिश रेग्मीलाई व्यक्तिगत रूपमा सम्मान प्रदान गरिएको छ।
दयाराम काफ्ले र शंकर शर्माले संयुक्त रूपमा अनिश रेग्मीलाई सम्मान-पत्र प्रदान गर्दै, जापानमा रहेका नेपालीलाई मार्गदर्शन गरेको र कर्मशील बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कदर व्यक्त गरेका छन्। सम्मान प्रदान गर्दै दयाराम काफ्लेले भने, “हामीले उहाँबाट निरन्तर साथ, सहयोग, र प्रेरणा पाएका छौं। उहाँले तीन वर्षदेखि दाजु जस्तो साथ दिनुभएको छ, त्यसैले खुशी भएर यो सम्मान प्रदान गरेका हौं।”
कार्यक्रममा उपस्थित अन्य नेपालीहरूले पनि आपसी एकताको भावना व्यक्त गर्दै यस्तो व्यक्तिगत सम्मान प्रेरणादायी रहेको बताए। जापानमा रहेका नेपाली समुदायबीच पारस्परिक सद्भाव र सहयोगको भावना यस घटनाले झल्काएको छ।
About
contact
Date Converter

