+
Side Bar Header Desktop Recovered

क्योटोमा नेपालीहरूद्वारा क्रिकेटको उल्लेखनीय सुरुवात

Kyoto Khabar
Posted on 1 year ago

क्योटो, जापान – जापानको ऐतिहासिक सहर क्योटोमा रहेका नेपाली समुदायले क्रिकेटको उल्लेखनीय सुरुवात गरेका छन्। देशविदेशमा नेपाली पहिचानलाई मजबुत बनाउन तथा खेलप्रेमी नेपालीहरूलाई क्रिकेट खेल्ने अवसर प्रदान गर्न उनीहरूले छुट्टीको समय मिलाएर खेलको अभ्यास गर्दै आएका छन्। क्रिकेट नेपालमा निकै लोकप्रिय खेल हो, जसको प्रभाव विदेशमा रहेका नेपालीहरूमा पनि उत्तिकै देखिन्छ। यही लगाव र उत्साहले गर्दा क्योटोमा रहेका नेपालीहरूले आफ्नो समय मिलाएर क्रिकेट खेल्न थालेका हुन्। नेपाली खेलाडीहरूको उत्साहपूर्ण सहभागिताले क्रिकेटलाई थप व्यवस्थित बनाउँदै लैजाने आशा गरिएको छ। यस क्रिकेट टोलीको प्रमुख व्यवस्थापक अर्जुन अधिकारी हुन्, जो नेपालका चर्चित क्रिकेटर सोमपाल कामीका निकट मित्रसमेत हुन्। अधिकारीको समन्वय र नेतृत्वमा क्योटोका नेपाली क्रिकेट खेलाडीहरू संगठित भई अभ्यास गरिरहेका छन्। क्रिकेट खेल्ने सिलसिलामा उनीहरूले नेपालमा रहेको क्रिकेट संस्कृति र आत्मीयता झल्काउने प्रयास गरेका छन्। टोलीगत रूपमा खेल्दै जाँदा नेपाली समुदायको एकता बलियो हुँदै गएको समेत सहभागीहरूले बताएका छन्। अबको लक्ष्य भनेको यसलाई अझ व्यवस्थित ढंगले अगाडि बढाउने र नेपाली क्रिकेटप्रेमीहरूलाई नियमित रूपमा खेल्ने अवसर सिर्जना गर्नु रहेको उनीहरूको भनाइ छ। क्योटोका नेपाली क्रिकेट खेलाडीहरूले निकट भविष्यमा जापानमा बसोबास गर्ने अन्य नेपाली समुदायहरूसँग मैत्रीपूर्ण प्रतियोगिताहरू आयोजना गर्ने योजना समेत बनाएका छन्। यसले नेपाली पहिचान मात्र होइन, नेपालीहरूबीच आपसी सम्बन्धलाई पनि मजबुत बनाउने अपेक्षा गरिएको अधिकारिले बताए ।

प्रतिक्रिया

Bio