जापानको मियागी प्रान्तको कुरिहारा सहरस्थित एक फोहोर खरिद कम्पनीमा अवैध रूपमा नेपाली नागरिकलाई रोजगारी दिलाउने आरोपमा एक नेपाली दलाल पक्राउ परेका छन्। चिबा प्रान्तका ३८ वर्षीय बुदाथोकी विनोदलाई २०२४ को सेप्टेम्बर महिनामा दुई नेपाली नागरिकलाई वैध कामदार अनुमति बिना जापानमा काम लगाइदिएको आरोपमा पक्राउ गरिएको हो।
पक्राउ परेका बुदाथोकी विनोद र उनका सहकर्मीहरूले नेपालमा लाखौं रुपैयाँ तिरेर जापान जाने नेपालीहरूलाई पर्यटक भिसामा जापान पठाएर, उनीहरूलाई अवैध रूपमा रोजगारी दिलाउने गरेका थिए। यसरी अवैध रूपमा रोजगारी दिलाएको बदला उनीहरूले आर्थिक फाइदा उठाएका थिए। प्रहरी अनुसन्धानका क्रममा उनले यो क्रियाकलाप स्वीकार गरेका छन् र थप अनुसन्धान भइरहेको छ।
जापानमा कामदारको अवैध रोजगारीलाई रोक्न कडा कानूनी व्यवस्था छ। बिना कामदार अनुमति (वर्क भिसा) रोजगारी गर्न नपाइने र यस्तो काममा संलग्न दलाल र कम्पनीलाई कानूनी कारबाही गर्ने नियमको उल्लङ्घन गर्ने जोखिम उठाउँछन्। प्रवासी नेपालीहरूलाई यस्तो गिरोहको चंगुलमा नपर्न सचेत रहन आवश्यक छ।
About
contact
Date Converter

