क्योटो फ्रेन्ड्स युनाइटेड क्लब र नेपाली समाज क्योटोको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको छ। “रक्तदान जीवनदान” नारासहित आयोजित यो कार्यक्रम २०२५ मार्च २ मा JR Nijo Station मा बिहान १०:३० देखि १६:३० सम्म सञ्चालन हुदै छ।
यस कार्यक्रमको उद्देश्य जापानमा रहेका नेपाली समुदायलाई रक्तदानप्रति जागरूक गराउनुका साथै आपतकालीन रक्त आवश्यकतामा सहयोग पुर्याउनु हो। जापानी रेडक्रस सोसाइटी को समर्थनमा सञ्चालन हुने यस कार्यक्रमलाई Kyoto MoMo Pasal ले पनि सहयोग गरेको छ। आयोजकहरूले नेपाली तथा जापानी समुदायलाई रक्तदान गरेर मानव सेवा गर्न kyoto momo pasal का संचालकले बताए ।
क्योटो फ्रेन्ड्स युनाइटेड क्लबले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। यो रक्तदान कार्यक्रमलाई सफल बनाउन क्लबका सदस्यहरूले सक्रिय रूपमा सहभागिता जनाइरहेका छन्। इच्छुक व्यक्तिहरूलाई तोकिएको स्थान र समयमा उपस्थित भई रक्तदान गर्न अनुरोध समेत गरेका छन ।
About
contact
Date Converter

