+
Side Bar Header Desktop Recovered

क्योटोमा ‘AKTOR’ प्रदर्शन हुँदै

Kyoto Khabar
Posted on 2 years ago

नेपाली चलचित्रप्रेमीहरूको लागि क्योटोमा बहुप्रतिक्षित नेपाली चलचित्र AKTOR प्रदर्शन हुने भएको छ। नेपाली कला, संस्कृति, र चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले Kyoto Junction Restaurant & Bar को आयोजनामा यो कार्यक्रम हुन लागेको हो। राजन भुसालद्वारा निर्देशित यो चलचित्रमा सशक्त कथा, उत्कृष्ट निर्देशन, र चर्चित कलाकारहरूको अभिनय समावेश छ। कार्यक्रम फेब्रुअरी ९, आइतबार साँझ ५ बजे क्योटो इन्टरनेशनल कम्युनिटी हाउस (Kokoka) मा आयोजना हुनेछ। प्रवेश शुल्क ¥2000 तोकिएको छ।

चलचित्रले दर्शकहरूलाई मनोरञ्जन दिनुका साथै नेपाली फिल्म उद्योगप्रति गर्व गर्ने अवसर प्रदान गर्नेछ। यो कार्यक्रम क्योटोको नेपाली समुदायको मेलमिलाप र चलचित्रप्रति उत्साह जगाउने एउटा विशेष पहल हुने नरेश ओलिले बताए । कार्यक्रममा सहभागी भई नेपाली कला र चलचित्रप्रतिको योगदानलाई समर्थन गर्न सबैलाई आग्रह समेत गरेको कुरा ओलिले बताए ।

टिकट र अन्य जानकारीका लागि नरेश ओली (080-6195-9941), अनोज श्रेष्ठ (080-9479-4546), मदन अधिकारी (080-3176-0862), र मधु अधिकारी (080-6190-6361) लाई सम्पर्क गर्न सकिन्छ। यो सुनौलो अवसरलाई नछुटाई सहभागी बनौं।

प्रतिक्रिया

Bio