ओसाका, जापान – एनआरएनए जापान कान्साइ क्षेत्रीय कार्यसमितिको आयोजनामा र नेपाली राजदुताबास जापान र एनआरएनए जापानको सहकार्यमा आयोजना हुन गइरहेको प्रथम नेपाल फेस्टिवल कान्साइ 2025 को तयारी सुरु हुँदैछ। यस पर्वको मुख्य उद्देश्य नेपाल र नेपाली संस्कृतिको समृद्ध र समावेशी प्रदर्शन गर्दै जापानी समुदायमा नेपालको कला र संस्कृति चिनाउनका साथै जापानी नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु हो।
यो भव्य उत्सव २०२५ को एप्रिल २६ र २७ तारिखका दिन ओसाका सहरमा आयोजना हुँदैछ। नेपाल र नेपाली संस्कृति संसारभर परिचित गराउनका लागि यस आयोजनामा जापानका विभिन्न क्षेत्रबाट सहभागिता र सहयोगको अपेक्षा समेत गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन जापानभरका, विशेषगरी कान्साइ क्षेत्रका, नेपाली दाजुभाइ र दीदीबहिनीहरुबाट आर्थिक, नैतिक र भौतिक सहयोगको अपील गरिएको छ। यस अवसरमा, जापानी समुदायलाई नेपालको संस्कृति र परम्परासँग परिचित गराउन सबैले आफ्नो योगदान पुर्याउन अनुरोध गरिएको छ।
सम्पूर्ण जापानबासी, विशेष गरी कान्साइ क्षेत्रका नेपाली समुदायलाई यस ऐतिहासिक कार्यक्रममा सहभागी बन्नका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
About
contact
Date Converter

